१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्यात प्रबर्धन गर्न विदेशस्थित कुटनीतिक नियोगहरुलाई परिचालन गर्नुपर्छ: वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले मुलुकको निर्यात व्यवसायलाई प्रवद्र्धन गर्नका लागि विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुलाई परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार राजधानीमा आयोजित निर्यात व्यवसायी महासंघ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकको निर्यात प्रवद्र्धन गर्न तथा नेपालमा लगानी भित्र्याउन नेपाल सरकारले विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा राजदूतहरुलाई विशेष टार्गेट दिएर त्यसको आधारमा उहाँहरुको मूल्याङ्कन हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 
“म पनि नेपालका लागि इन्डोनेशियाको अवैतनिक दूत हो । त्यसैले धेरै देशका कुटनीतिक नियोग तथा राजदूतहरुसँग नजिकमा रहेर काम गर्ने मौका पाएको छु । धेरै देशका कुटनीतिक नियोग तथा राजदूतहरुले आफ्नो देशको उत्पादनलाई आफू कार्यरत देशमा पु¥याउने तथा त्यहाँको लगानी आफ्नो देशमा ल्याउने काममा सहजीकरण गरेका हुन्छन्,” उहाँले भन्नुभयो, “हामीले पनि हाम्रा कुटनीतिक नियोगहरुलाई निर्यात प्रवद्र्धन तथा वैदेशिक लगानी भित्र्याउने काममा प्रयोग गर्न सके निर्यात प्रवद्र्धन गर्न तथा वैदेशिक लगानी भित्र्याउन सकिन्छ ।”
नेपाल सरकार अहिले आगामि आर्थिक वर्षको बजेट निर्माणको तयारीमा रहेको बताउँदै बजेट बनाउँदा उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखरे नीतिगत व्यवस्था गरियो भने ट्रेडिङ व्यवसायमाभन्दा उत्पादनमूलक उद्योगमा लगानी बढाउन सकिने उहाँले बताउनुभयो । 
नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि गैर आवाशीय नेपालीहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै उहाँले गैरआवाशीय नेपालीहरुलाई उहाँहरुले नेपाल बाहिर गरेको व्यवसायको अनुभव र लगानीका आधारमा सरल र सहजरुपमा नेपालमा लगानीको व्यवस्था गर्न आगामि बजेमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो । 
नेपाल संघीय संरचनामा गइसकेपछि धेरै स्थानीय तहहरुबीच आफ्नो ठाउँमा लगानी भित्र्याउनको लागि एकप्रकारको प्रतिष्पर्धा नै हुने गरेको बताउँदै ढकालले आगामि बजेटले यसलाई थप प्रतिष्पर्धी र लगानीमैत्री बनाउने अपेक्षा समेत राख्नुभयो ।