१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपको शताब्दी चुम्ने आशा अधुरै



अ+ अ-

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको शुक्रबार निधन भएको छ । शोकको यस घडीमा विश्व समुदायले उहाँलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गर्नुभएको छ ।

बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै विताउनुभएका राजकुमार फिलिपले पछिल्ला केही वर्ष यता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीहरूलाई हेर्न छोडिदिनुभएको थियो । उहाँको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले शुक्रबार नै घोषणा गरेको छ । 

उहाँको निधनपछि उहाँलाई विश्व नेताहरूले बेलायत र विश्वका लागि उहाँको योगदानको स्मरण गरेका छन् । यसै क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उहाँको ‘असाधारण जीवन र काम’ लाई स्मरण गर्नुभएको छ । 

उहाँले भन्नुभएको छ,‘ड्यूक अफ एडिनबर्ग’ ले स्वदेश ९कमनवेल्थ० तथा विदेशमा विभिन्न पुस्ताको माया पाउनुभएको छ । उहाँले रोयल नेभी र बेलायतको इतिहाँसमा नै लामो समय दशकौँसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्नुभएकी महारानीका एलिजावेथ द्वितीयको पतिका रूपमा विश्वभरबाट माया पाउनुभएको छ ।

बेलायती प्रधानमन्त्री जोनसनले सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरेको शोक सन्देशमा भनिउको छ, “राजकुमार फिलिपले आफ्नो जीवनकालभरी बेलायत र विश्वका लागि गरेको योगदानलाई स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गर्दछु साथै यस शोकको घडीमा महारानी एलिजावेथ तथा बेलायती राजपरिवारप्रति समवेदना व्यक्त गर्दछु ।” 

यसैगरी उहाँको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, आयरल्याण्डका प्रधानमन्त्री मिखाएल मार्टिन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलगायतका नेताहरूले उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै ट्वीटर, फेसबुकलगायतका समाजिक सञ्जालमा उहाँको योगदानलाई स्मरण गरिएको छ । 

यसरी उहाँलाई स्मरण गर्नेहरूमा बेलायतका पूर्वपैधानमन्त्री टोनी ब्लेयर, अमेरिकी पूर्व राष्ट्रपति, यूरोपेली नेताहरूलगायत हुनुहुन्छ । 

महारानीप्रति फिलिपले देखाएको सुदृढ र निरन्तर समर्थनका कारण ‘ड्यूक अफ एडिन्बरा’ राजकुमार फिलिपले बेलायत तथा विश्व समुदायका बीचमा ६० वर्षभन्दा बढी समयदेखि उच्च सम्मान पाउनुभएको छ । उहाँले वहन गरेको भूमिका जोकसैको निम्ति पनि कठिन किसिमको थियो ।अझ विविध विषयमा आफ्नो कडा धारणा राख्ने नौसेनाका अधिकृतका लागि त यो झनै कठिन थियो।

तर व्यक्तित्वको सोही सबल पक्षले उहाँलाई आफ्ना जिम्मेवारीहरू प्रभावकारी ढङ्गले निर्वाह गर्न सहयोग ग¥यो । साथै आफ्नी पत्नीलाई रानीको कर्तव्य पूरा गर्न सम्पूर्ण सहयोग गर्न उहाँले सक्नुभयो ।

महारानीका पतिको रूपमा उहाँलाई कुनै पनि संवैधानिक हैसियत प्राप्त थिएन । तर राजसंस्थाको नजिक उहाँभन्दा धेरै अरू कोही थिएन । राजकुमार फिलिपको जन्म सन् १९२१ को जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो ।

दोस्रो विश्व युद्धको सँघारमा फिलिपले सैन्य सेवामा प्रवेश गर्नुभएको थियो । रोयल न्याभीमा जागिर थालेपछि त्यसैताका सन् १९३९ मा उहाँ र महारानी एलिजावेथ पहिलोपटक भेट हुनुभएको बताउने गरिन्छ । 

लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उहाँहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गर्नुभएको थियो । सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला बेलायतका राजा जोर्ज छैटौँको निधन भएको थियो । त्यसपछि बेलायतकी महारानी बनेकी आफ्नी पत्नी एलिजावेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ रहेको थियो ।

बेलायतकी महारानीका रूपमा आफ्नो राज्याभिषेकलगत्तै क्महारानी एलिजावेथद्वारा जारी गरिएको घोषणामा उहाँलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरिएको थियोे । 

उहाँको विशेष रुचि युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा रहेको थियो । फिलिपलाई प्रतिबद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो । 

दशकौँसम्म महारानीको समर्थनमा तथा अन्य परोपकारी संस्थाका निम्ति विभिन्न कार्यक्रमहरूमा भाग लिएका राजकुमार फिलिपले सन् २०१७ को अगस्टमा सार्वजनिक जीवनबाट अवकाश लिनुभएको थियो । बकिङ्घम प्यालेसका अनुसार सन् १९५२ देखि सार्वजनिक जीवनबाट अवकाश लिने समयसम्म उहाँले झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी हुनुभएको थियो । 

‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई केही समय पहिले बेलायती अस्पतालमा भर्ना गरी गरिएको उपचारपछि स्वास्थ्यमा सुधार आएको भन्दै एक महिनापहिले उहाँको निवासमा लगिएको थियो ।  राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू हुनुहुन्छ ।

–दिलीप शर्मा