१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्कर्षबिनै टुंगियो तीन दलको बैठक



अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक निष्कर्षबिनै सकिएको छ । 

देउवा निवास बुढानीलकण्ठमा केहीबेरअघि बसेको बैठकमा नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको थियो । 

माओवादी केन्द्रले त्यसमा सहमति जनाएपनि जसपाले यसबारे छलफल गर्न समय माग गरेपछि आजको बैठक सहमतिबिनै सकिएको हो ।

बैठकमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुको सहभागीता रहेको थियो। यस्तै जसपाका डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई पनि बैठकमा पुगेका थिए ।