२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दुक र महावीरसहित १० जनालाई सम्मान



अ+ अ-

काठमाडौँ । प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा सन्दुक रुइत र वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित विभिन्न क्षेत्रमा कार्यरत १० जनालाई सम्मान प्रदान गरिएको छ ।

अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउन्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

सम्मान प्राप्त गर्नेमा पूर्वराजदूत प्रल्हादकुमार प्रसाईँ, कवि नवराज पराजुली, इन्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियार रहेका छन् ।

त्यस्तै फाउन्डेसनले वरिष्ठ समालोचक एवम् साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवम् गीतकार उन्नति बोहोरा शिला, प्राध्यापक एवम् साहित्यकार फणिन्द्रराज निरौला, साहित्यकार सुशीला ढकाल अधिकारी, समाजसेवी प्रेमप्रकाश सिटौला र गायिका कोपिला शिवाकोटीलगायतलाई सम्मान प्रदान गरेको हो ।

इन्जिनियर इश्वरकान्त सिटौलाले २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउन्डेसन स्थापना गरी समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्दै आएको छ ।

हरेक वर्ष विभिन्न पेशा, व्यवसायमा सक्रिय रहँदै आएका विज्ञ, संस्था, समाजसेवी र स्रष्टाहरूलाई सम्मान गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन नर्दन क्यालिफोर्नियाका इन्जिनियर ईश्वरकान्त सिटौलाले स्थापना गरेका हुन् ।