१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदबाट हटाइएका चारजना आज मन्त्री नियुक्त हुँदै



अ+ अ-

काठमाडौं । आफ्नो मूल पार्टी नेकपा माओवादी केन्द्रको कारबाहीबाट सांसद तथा मन्त्रीपद गुमाएका चार पूर्व माओवादी नेतालाई प्रधानमन्त्री केपी ओलीले आज साबिककै मन्त्रालयमा मन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । सांसद नभए पनि ६ महिना सांसद हुन पाउने सबैधानिक प्राबधान अनुसार प्रधानमन्त्री ओलीले  टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई साबिककै मन्त्रालयमा नियुक्ति गर्न लाग्नु भएका हो ।

बिहीबार मात्र उहाँहरु चारैजनाको सासंद पद रिक्त भएको जानकारी सभामुख अग्नि सापकोटाले प्रतिनिधिशभालाई गराउनु भएको थियो । त्यस लगत्तै उहाँहरु मन्त्रीपद पनि रिक्त भएको थियो ।  नेकपा रहकै अवस्थामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई साथ दिएका चार नेता एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमाले मै रहनु भएको थियो ।

एमालेको बिभिन्न जिम्मेवारी लिएपछि माओबादी अध्यक्ष पुष्पकमल दाहालले २३ गते सोमबार संसद सचिवालयलाई एक पत्र पठाउदै उहाहरुले दल त्याग गरेका भन्दै सांसद पद रिक्त भएको जानकारी गराउनु भएको थियो ।