२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान क्रिकेटको कप्तानी छोड्दै बाबरले भने – कठिन निर्णय तर सही समय



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट टीमको कप्तान बाबर आजमले कप्तानी छोड्ने घोषणा गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले सबै फर्म्याटको क्रिकेटबाट कप्तान पद छोड्ने निर्णय लिएका हुन् ।

सन् २०१९ देखि कप्तानी गरेका बाबरले पाकिस्तानी टोलीलाई क्रिकेटको विश्व वरीयताको शीर्षस्थानमा समेत पुर्याएका थिए । तर जारी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएपछि चर्को अलोचना खेपेका बाबरले कप्तान पद छोड्ने निर्णय लिएका हुन् । उनले व्यक्तिगत रुपमा ३० को औसतमा ९ खेलमा ३ सय २० रन जोडेका थिए ।

बाबरले आफ्नो यात्रामा पाकिस्तानका क्रिकेट समर्थकलाई धन्यवाद दिँदै भनेका छन्, ‘मलाई सन् २०१९ मा पाकिस्तान क्रिकेट बोर्डले कप्तानको जिम्मेवारी सुम्पिएको याद छ । पछिल्लो ४ वर्षमा मैले मैदान भित्र र बाहिर धेरै उतारचढावको सामना गरेको छु । म हरेक पल पाकिस्तानको गौरव बढाउन तत्पर रहें । पाकिस्तानलाई विश्वको नम्बर १ टोली बनाउन खेलाडी, प्रशिक्षक र व्यवस्थापक सबैको संयुक्त भूमिकाले सम्भव भएको थियो । म यो यात्रामा पाकिस्तानका क्रिकेट समर्थकलाई धन्यवाद दिन चाहन्छु ।’

आगामि कप्तानलाई आफ्नो अनुभव र लगावले साथ दिने बताउदै उनले थपे ,‘म आज पाकिस्तानको सबै फर्म्याटबाट कप्तान पद छोडेको घोषणा गर्न चाहन्छु । यो कठिन निर्णय थियो तर यो समय सही भन्ने मेरो बुझाइ छ । म खेलाडीको भूमिकामा पाकिस्तानबाट सबै फर्म्याटमा खेल्नेछु । म अब आउने कप्तानलाई आफ्नो अनुभव र लगावले साथ दिनेछु । म पाकिस्तान क्रिकेट बोर्डलाई म प्रति देखाएको विश्वासको लागि धन्यवाद दिन चाहन्छु ।’




भर्खरै