१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिस्केट जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण



फाइल फोटो
अ+ अ-

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उहाँको भनाइ छ ।
 
सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।