२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको भनाइ र गराइ !



अ+ अ-

जुनसुकै पार्टीबाट चुनिएर आए पनि संविधान अनुसार निर्वाचित भएपछि सबै जनताको प्रधानमन्त्री हुन्छ र प्रधानमन्त्री सफल भइदिए हुन्थ्यो भन्ने अपेक्षा जनताले गरेका हुन्छन् (विपक्षी पार्टीका कट्टर सदस्यहरुले प्रधानमन्त्री असफल भइदिए हुन्थ्यो भन्ने चाहना पनि गरेका हुन्छन्) ।

जनविश्वास आर्जनका लागि प्रधानमन्त्रीको भाषण र कार्यका बीचमा सामञ्जस्य भइदिए हुन्थ्यो भन्ने पनि आमचाहना हुन्छ नै । तर व्यवहारमा प्रधानमन्त्रीहरुको भनाइ र गराइ बीचमा देखिने ठूलो फरकले जनतामा निराशा बढिरहेको हुन्छ ।

वर्तमान सम्माननीय प्रधानमन्त्रीले आज तनहुँको आबुखैरिनीको एक कार्यक्रममा ‘’संघीयता हितकारी छ भन्ने सावित गर्न तीनवटा ऐन अनिवार्य छन् भन्ने हामी सबैले बुझेका छौं ‘’ भन्दै प्रहरी समायोजन ऐन, निजामती सेवा ऐन र शिक्षा ऐनको नाम लिनु भएछ ।

वास्तव मै यी तीन ऐनहरु नयाँ संविधान जारी हुनासाथ पहिलो लटमा नै बन्नुपर्ने मध्येका ऐनहरु हुन् ।

तर हालसम्म यी ऐनहरु बन्न नसक्नुका पछाडिका कारकहरु मध्येमा प्रधानमन्त्रीहरु नै मुख्य हुनुहुन्छ र वर्तमान प्रधानमन्त्री त एक नम्बरमै पर्नुहुन्छ ।

किनभने-

१. २०७२ सालपछि बनेका सबै सरकारमा कुनै न कुनै रुपमा उहाँको पार्टी संलग्न छ ।

२. यस बीचमा दुई पटक त उहाँ आफैं सरकार प्रमुख हुनु भएको छ । अहिले पछिल्लो पटक प्रधानमन्त्री भएको पनि ११ महिना पुरा भइसकेकोछ । यत्रो समय किन ढिलो भइरहेकोछ ?

३. प्राय सबै सरकारमा उहाँको र उहाँको पार्टीको प्रभावकारी भूमिका रहेको देखिन्छ ।

४. अझ रमाइलो त के छ भने यो अवधिमा शिक्षा मन्त्री र गृहमन्त्रीमा सबैभन्दा बढी उहाँकै पार्टीका नेता रहनु भएको छ ।

५. २०७४ को निर्वाचनपछि गठन भएको सरकार नेपालमा अहिलेसम्मकै शक्तिशाली सरकार मानिन्छ र संसदमा उहाँको दल (तत्कालिन नेकपा) र गठबन्धनका दलहरुको झण्डै दुईतिहाइ बहुमत रहेको थियो र जस्तोसुकै कानुन बनाउन सम्भव थियो ।

यी तथ्यको आधारमा त प्रधानमन्त्रीको भनाइ र गराइ बीचमा ठूलो फरक देखियो ।

त्यसैले,

प्रधानमन्त्रीज्यू, भाषण कम, काम बढी गर्नेतर्फ ध्यान दिनुहुन सादर अनुरोध ।