२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विप्लवको चेतावनी: जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले टिकटक प्रतिवन्ध लगाएको विषयबारे उहाँले सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभयो ।

उहाँले सामाजिक सञ्जालको प्रतिवन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताउनु भयो । उहाँले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताउनु भयो । उहाँले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले बजारमा हल्ला छ, २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आइहाल्छ । होइन । हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, २०४७ साल ल्याउनुपर्छ, हल्ला चलेको छ । मान्छेहरु कामेका पनि छन् । फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरंकुश व्यवस्थाको चरित्र हो नि त । हिजो पेपर बन्द गरिदिन्थ्यो । पञ्चायतले सेन्सर गर्दथ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो । यसरी हुँदैन, कयौँ मानिसहरु आत्तिएको जस्तो, सत्ता पनि डग्मगाएको जस्तो । जनताको मन जितेर पो सा टिक्छ त । मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र ? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु, भनेर हुन्छ त कसैले पनि सक्दैन । जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ । आत्तिनुपर्दैन ।’

महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गर्नुभयो । उहाँले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताउनु भयो । उहाँले सम्पूर्ण कम्युनिष्टहरु एक ठाउँमा उभनुपर्ने बताउनु भयो ।

 




भर्खरै