२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठ पर्वले  नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा काम गरेको छ: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वलाई नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा लिन सकिने जनाउनु भएको छ ।

पूर्व राष्ट्रपति भण्डारी छठ पर्व २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश भन्नुभएको छ छठ पर्व विविध भौगोलिक क्षेत्र, भाषाभाषी, जातजाति र संस्कृति अँगालेका नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा लिन सक्दछौँ ।

सन्देशमा भनिएको छ छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने मैले विश्वास लिएको छु ।

सन्देशमा भनिएको छ प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्‌गतिको अन्त्य गरी समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।

हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म पृथ्वीका सम्पूर्ण प्राणी र वनस्पति जगतलाई विनाभेदभाव समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै सूर्य देवता र छठी देवीको पूजा अर्चना गर्नुका साथै नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुस्ख र कष्ट हटेर जाने जनविश्वास समेत रहेको छ ।

केही दशकअघिसम्म मधेसी समुदायको मुख्य पर्वका रूपमा तराई तथा मधेश क्षेत्रमा मात्र मनाइने यो पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत उत्तिकै उत्साह र हर्षोल्लासपूर्वक मनाउने गरिएको छ ।