२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका बलर जाम्पासँग किन डराउँछन् कोहली ?



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ मा विराट कोहलीको ब्याटले रन बनाइरहेको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचीमा कोहली शीर्ष स्थानमा छन् ।

सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतक प्रहार गर्दै ‘किंग कोहली’ले यसपटक भारतलाई विश्व च्याम्पियन बनाएर मात्रै सफल हुने देखाएका छन् ।

तर, अष्ट्रेलियाविरुद्धको फाइनल खेलमा विराटले अष्ट्रेलियाका बलरविरुद्ध निकै सावधानी अपनाउनुपर्नेछ । ती बलर अरु कोहि होइन एडम जाम्पा हुन् । जाम्पाले आफ्नो घुमाउरो बलले कोहलीलाई धेरैपटक समस्यामा पारेका छन् । जाम्पा विराटको ब्याट नियन्त्रण गर्न कप्तान प्याट कमिन्सको सबैभन्दा ठूलो हतियार साबित हुनेछन् ।

वास्तवमा एडम जाम्पाले एकदिवसीय क्रिकेटमा विराट कोहलीलाई निकै समस्यामा पारेका छन् । विराट र जाम्पा १३ खेलमा आमनेसामने भएका छन् । यस अवधिमा कोहलीले २३२ बलमा २५४ रन बनाएका छन् ।

विराटले जाम्पाविरुद्ध रन त बनाएका छन्, तर उनले ५० ओभरको ढाँचामा पाँच पटक आफ्नो विकेट स्पिन बलर जाम्पालाई दिएका छन् । यही कारणले गर्दा कोहलीले उपाधि खेलमा जाम्पाविरुद्ध निकै सावधानीपूर्वक शट खेल्नुपर्नेछ ।

यद्यपि, अष्ट्रेलियाविरुद्ध भने कोहलीले सानदार रन बनाएका छन् । उनले अष्ट्रेलियाविरुद्ध खेलेका ४६ इनिङ्समा ५३.७९ को औसतमा २३१३ रन बनाएका छन् । विराटले अस्ट्रेलियाविरुद्धको ५० ओभरको ढाँचामा ८ शतक र १३ अर्धशतक प्रहार गरेका छन् ।

कोहलीले अहिलेसम्म प्रतियोगितामा खेलेका १० खेलमा १०१ को औसत र ९० को स्ट्राइक रेटमा ७११ रन बनाएका छन् । यो अवधिमा विराटले तीन शतक र सात अर्धशतक बनाएका छन् । न्युजिल्याण्डविरुद्धको सेमिफाइनल खेलमा विराटले ११३ बलमा ११७ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।