५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र यमनबीच मंगलबार हुने खेलको सम्पूर्ण तयारी पूरा



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप–२०२६ छनोट चरण अन्तर्गत दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नैपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ । सोमबार प्रि–म्याच कम्फ्रेन्समा बोल्दै प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्नका लागि नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताए ।

यमन नेपालभन्दा बलियो टिम रहेपनि सम्पूर्ण ध्यान खेलमा केन्द्रित गर्दै उत्कृष्ट खेल प्रर्दशन गर्ने उनले बताए ।

त्यस्तै कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरी मैदान उत्रने बताए । घरेलु मैदानमा खेल खेल्न पाउँदा निकै उत्साहित रहेको बताउँदै केही दबाब हुनु स्वभाविक रहेको उनको भनाई छ । छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ४–० ले पराजित भएको थियो ।

एन्फाले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । दोस्रो चरणको सम्पूर्ण खेलको व्यापारिक तथा मिडिया अधिकार सिंगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको छ ।

यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । एन्फाका अनुसार खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिनेछ ।

खेलको लागि यमनको राष्ट्रिय टोली नेपाल आइसकेको छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा रहेको छ ।