२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली अर्मेनिया प्रस्थान



अ+ अ-

काठमाडौं । आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।

नोभेम्बर २३ देखि डिसेम्बर ४ तारिखसम्म हुने १६ वर्षमुनि उमेरसमूहको प्रतियोगितामा पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नुर्बुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षकमा लालबहादुर पौडेल रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

विदाइका अवसरमा बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

सोही अवसरमा श्रेष्ठले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’ मा जित हात पारेका रविन थापालाई प्रोत्साहन स्वरुप पूर्व घोषित १० हजार नगद पुरस्कार पनि प्रदान गरे । एसियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।