२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रले जसरी नेताहरुले सजिलैसंग सत्ता र सम्पत्ति त्याग्न सक्लान त ?



अ+ अ-

काठमाण्डौ । श्री ५ वडामहाराजाधिराज पृथ्वी नारायण शाहले १८२५ सालमा स—साना बाइसे चौबिसे राज्यलाई एकिकरण गरि ‘नेपाल’ बनाएर त्यसबेलादेखि शाहवंशले परम्परागत रुपमा नेपालको राजपाठ सम्हाल्दै आएको कुरा साधारण स्कुले ज्ञान हासिल गरेका सबैलाई थाहा छ ।

आफ्ना पुर्खाहरुले अविच्छिन्न रुपमा सम्हाल्दै आएको मुलुकको वागडोर २०६२/०६३ को केही दिनको आन्दोलनको कारण आफ्ना सोझासाझा जनता नमरुन् भनेर २०६५ जेठ २९ गते हाँसीहाँसी २४० वर्ष लामो इतिहास बोकेको राजसंस्था र राजदरवार छोडेर साधारण नागरिक सरह जीउन खोज्ने नेपालका अन्तिम राजा श्री ५ ज्ञानेन्द्रको त्यागलाई न त नेपाली नेताहरु, न संसारकै कुनैपनि मुलुकका राष्ट्रप्रमुखहरुले अनुकरण गर्ने साहस देखाउन सक्छन् । न आफ्नो अधिकार र सम्पत्ति त्यति सजिलैसंग त्याग्न सक्छन् ।

राजा ज्ञानेन्द्रको त्यतिखेरको शान्तिपुर्ण त्यागलाई संसारकै ठुलो नोवेल शान्ति पुरस्कारबाट सम्मानित गरेतापनि सानो हुन्छ । उहाँको त्याग भगवान बुद्धले आफ्नो राजपाठ छोडेर जंगल गएभन्दा ठुलो हो भन्दा दुई मत हुँदैन् । उहाँको त्यागमा अभिभावकले आफ्ना छोराछोरीलाई गर्ने त्याग भन्दा ठुलो थियो भनेर बुझ्नु जरुरी छ ।

२४० वर्षदेखिको शाहवंशिय परम्परा, अधिकार र सबै सम्पत्ति तिलाञ्जली दिएर आफ्ना जनताको लागि भनेर हाँसीहाँसी आफ्ना जिजुबाजे, बाजे र बुबा १३५ वर्षदेखि बस्दै आएको नारायणहिटी राजदरवार छोडेर (घर छोडेर डेरा सरहको) नागार्जुनमा सर्नु चानचुने त्याग होइन पनि ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीको भनाईलाई सापट लिएर भन्ने हो भने ‘देशमा राजतन्त्र हटाएर गणतन्त्र आउन सबैभन्दा ठुलो योगदान न त राजनैतिक दलको छ न ति दलका नेताहरुको । सबैभन्दा ठुलो योगदान त राजा ज्ञानेन्द्रको छ’ भनेर । जुनकुरा शतप्रतिशत सत्य हो पनि ।

त्यतिखेर राजा ज्ञानेन्द्रले चाहेको भए विदेशी शक्तिको आडमा उचालिएका केही थान दलका नेता भनाउँदाहरुलाई निमिट्यान्न गरेर सत्ताको बागडोरलाई अझै कैयौं वर्षसम्म अविच्छिन्न रुपमा चलाउन सक्नुहुन्थ्यो ।

तर उहाँले त्यो चाहनुभएन र ‘जनताको चाहना र इच्छालाई सर्वाेपरि मान्ने शाहवंशिय परम्परालाई आत्मसात् गर्दै सरकारको गणतन्त्रलाई कार्यान्वयन गर्न सहयोग गरेको हुँ’ भन्दै हाँसीहाँसी नारायणहिटी राजदरवार छोड्नुभएको तथ्य कसैबाट लुक्न सकेको छैन ।

राजा ज्ञानेन्द्रको त्यागको तुलनामा अहिलेका राजनैतिक दलका नेताहरुमध्येका नेपाली काँग्रेसका शेरबहादुर देउवाले आफ्नो बुढानिलकण्ठको सम्पत्ति, केपी ओलीले बालकोट र झापाको सम्पत्ति, प्रचण्डले आफ्नो अथाह सम्पत्तिको केही अंश मात्रै भएपनि त्यागेर देखाउन सक्छन त ? अनि माधव नेपाल र झलनाथ खनाल, महेश बस्नेतले गुण्डुको सम्पत्ति । त्यो त्यति सजिलो छैन ।

देशभन्दा आफ्नो स्वार्थ ठुलो मान्ने राजनैतिक दलका नेताहरुलाई आन्तरिक कलहमा नेपाललाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्न पल्केका स्वार्थी शक्ति राष्ट्रहरुले धर्म निरपेक्ष र गणतन्त्रको नाउँमा लोभ्याउँदा मुलुकको राष्ट्रियता र स्वाधिनता जोखिममा परेको कुरा सर्वसाधारण नेपाली जनताले बुझिसकेका छन् । तर आफ्नो कारणले देशको अस्तित्व नै संकटमा परेको कुरा गोवर भरिएको दिमाग भएका स्वार्थी नेताहरुले कहिल्यै पनि बुझेनन, न त बुझ्न नै चाहे ।

आफ्ना पुर्खाले एकिरकण गरेर जोडेको देशको चिन्ता त ति नेताहरुलाई भन्दा राजालाई बढी हुनु स्वभाविक हो नै । जनतालाई मारेर सत्तामा बस्न नरुचाउने शाहवंशिय राजपरम्परालाई देशमा गणतन्त्र आएको १५ वर्षसम्म सर्वसाधारणको अवस्था नसुध्रेपछि गणतन्त्र भन्दा नि राजाको पाला नै ठीक रहेछ भन्न थालेका हुन् ।

त्यसैले १५ वर्षअघि सत्ता र सम्पत्ति सबै राष्ट्रको नाउँमा सुम्पेर सर्वसाधारण नागरिक सरह जीवन व्यतित गरिरहनुभएका राजारानीको अघिपछि कुनैपनि दलमा नलागेका हजारौं नीरिह सर्वसाधारण खुलेरै लाग्न वाध्य भएका हुन् । हामीलाई हाम्रा ‘अभिभावक भनैकै राजा हुन र सबैले मान्ने भनेकै राजसंस्था नै रहेछ भनेर उनीहरु भन्न थालेका छन् । अधिकांश जनताको यो भनँई सहि र सत्य पनि हो ।

भलै यतिखेर राजसंस्था पुर्नवहालीको लागि भनेर मेडिकल व्यवसायी दुर्गा प्रसाई हुन या उनको ठाउँमा अन्य जोसुकैले नेतृत्व लिएपनि जनता राजा र राजसंस्थाको पक्षमा खुलेरै लाग्न थालेको कुरामा दुईमत छैन । जसको कारण जनताको उत्थानमा भन्दा आफ्नो स्वार्थ सिद्ध गर्न लागेका नेताहरु तिल्मिलाउन थालेका छन् ।

विना सुरक्षा जुनसुकै ठाउँमा जतिखेर पनि खुला रुपमा छाती फुकाएर हिँड्न सक्ने आँट राजा बाहेक अरु कसैको पनि देख्न सकिँदैन पनि ।
अनि राष्ट्रपति र प्रधानमन्त्री राजनैतिक दलको मात्रै भएता पनि ‘राजा सबै जनताका साझा हुन्’ भन्ने कुरा असोज महिनामा भक्तपुरमा राजाको अघिपछि स्वस्फूर्तरुपमा आएका जनताको भीडले दर्शाइसकेको छ ।

मंसीर ७ गते राजा र राजसंस्थाको पक्षमा हुन लागेको देशव्यापी जमघटले पनि नेपालको राजनीतिमा ठुलै झट्का दिने संभावना देखिएको छ । किनकी ‘पहिला नेपाल अनि पो हामी नेपाली रहेछौं’ भन्ने तथ्य सबै नेपालीले ढिलै भएपनि बुझिसके ।

(तस्वीर स्रोत : सामाजिक सञ्जाल)