२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौं । माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालयलको उक्त निर्णयले नेपालको संविधानको धारा १६, धारा १७ र धारा १८ ले प्रत्याभूत गरेको नागरिकको मौलिक हकमा आघात पुगेको भन्दै रिट दायर गर्नुभएको छ ।

रिटमा माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न निषेध गर्ने गरी जारी भएको सूचना उत्प्रेषण परमादेश लगायतको आदेशले बदर गर्न र मुद्दाको अन्तिम टुंगो नलागेसम्म उक्त सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सोमबार देखि आगामी ३० दिनसम्म माईतीघर–नयाँ बानेश्वरसम्म निषेधाज्ञा क्षेत्र घोषणा गरेको थियो ।