२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज दिउँसो मुर्रा राँगा नेपाल आईपुग्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भारतले पठाएको मुर्रा राँगा आज दिउँसो नेपाल आईपुग्ने भएको छ । भारतले पठाएको १५ वटा मुर्रा राँगा दिउँसो १ देखि २ बजेभित्र बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाका आईपुग्ने बताईएको छ ।

नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेपछि भारतले राँगा हस्तान्तरण गरेको थियो । ती राँगा ट्रकमा ल्याउन लागिएको हो ।

भारत सरकारले नस्ल सुधारका लागि उपहार स्वरूप दिएको उन्नत जातको मुर्रा राँगा नेपाल ल्याउन लागिएको हो । आज आइपुग्ने १५ मुर्रा राँगालाई एक दिनका लागि नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । त्यसपछि ती राँगालाई विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगन्ज र लहान) मा राखिने छ । सोही स्थानबाट वीर्य उत्पादन, संकलन र संरक्षण गरिने छ ।