२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ को जनप्रदर्शनको अनुगमन गर्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने जनप्रदर्शनको अनुगमन गर्ने भएको छ ।

बुधवार स्वतन्त्र कानून व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न मानव अधिकार अयाोगलाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेसँगै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताउनुभएको हो ।

उहाँले जनप्रदर्शनको निरीक्षण गर्न मानव अधिकार आयोगले विभाग अन्तर्गत निरीक्षण गर्ने बताउनु भयो । उहाँले कुनै किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने बताउनु भयो । उहाँले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । त्यो अनुसार हामी अघि बढ्नुपर्छ । अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा शतर्क छौँ । हुन नदिनेतिर हामी लाग्छौँ । सम्बन्धित निकायलाई आह्वान गर्दछौँ, सम्बन्धित निकायलाई सक्रिय बनाउँछौँ । मानव अधिकार आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवद्र्धन, प्रवद्र्धन हामी गर्नेछौँ । जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ । हाम्रो विभाग छ, धेरै ठाउँमा छन् । हामी विभागअन्तर्गत हाम्रो लोगो लगायत लगाएर हामी अनुगमनमा जानेछौँ ।’

अध्यक्ष मगरले आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवद्र्धन, प्रवद्र्धनमा आफूहरु लागिपरेको बताउनु भयो ।