२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरूमाथि दुर्व्यवहार गर्ने युवा संघ होईन: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते दुर्गा प्रसाईंको अभियानको लागि आएका महिलाहरूमाथि दुर्व्यवहार गर्ने युवा संघ नभएको दाबि गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको बताएका हुन् ।

अनेक प्रकारको षड्यन्त्रले एमालेलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिस भइरहेको बताउदै उनले भने, ‘आज बिहान एउटा भिडिओ आएपछि मैले युवा संघलाई सोधेको थिएँ । युवा संघले पनि भिडिओ हेरेर थाहा पायौं भन्छ । हाम्रो कुनै संलग्नता छैन भन्छ । युवा संघको यस्तो खालको क्रियाकलाप होइन हुन सक्दैन भनेर मलाई बताएको थियो । हामी यस सम्बन्धमा स्पष्ट पर्छौं, हाम्रो संलग्नता छैन अध्ययन गर्दैछौं भनिसक्या छ । हाम्रो संलग्नता नभएको युवा संघले मलाई बताएको छ ।’

एमालेभित्र रहेर कसैलाई गल्ती गर्ने छुट नभएको बताउँदै ओलीले बदनाम गर्न खोजे स्वीकार्य नहुने बताए ।