२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडियन हिमेश पन्तले किन खाए गाली ?



अ+ अ-

काठमाडौँ । रियालिटी शो स्ट्यान्ड–अप कमेडीका  ‘कमेडी च्याम्पियन’ हिमेश पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा धादिङबाट उम्मेदवारी समेत दिएका हिमेशले बिना गल्ती गाली खाईरहेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम गरेको व्यक्तिसँग सम्बन्धित भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज गरेको उनको भनाई छ ।

उनले बुधबार सामाजिक संजालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजोदेखि मेरो इनबक्समा गालीका म्यासेजहरु आइरहेका छन् ।’

आफू कुनैपनि घरेलु हिंसालाई समर्थन नगर्ने बताउदै उनले थपेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन। दोस्रो कुरा म कुनैपनि घरेलु हिंसालाई समर्थन गर्दिन। धन्यवाद।’

आफूसँग सम्बन्धित नभएको  भिडियोलाई लिएर कतिपयले गाली गरेको कमेडियन हिमेशको भनाइ छ ।

https://www.facebook.com/himeshpanta555/posts/856851769411937?ref=embed_post

सार्वजनिक भिडियोमा पत्रकार हिमेश न्यौपानेकी श्रीमतीले आफूलाई श्रीमानले हिंसा गरेको भन्दै फेसबुक लाईभमार्फत रुँदै हारगुहार गरेकी थिईन् । उक्त भिडियोमा उनले श्रीमान हिमेशले आफूमाथि चर्को हिंसा भएको बताउदै सहायताका लागि हारगुहार गरेकी छन् । श्रीमानले रक्सि खाएर मुख छाड्दै कुटपिट गरेको बताउदै उनले आफू अब यो मान्छेसँग बस्न नसक्ने बताएकी थिईन् ।