२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वीट्जरल्याण्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान रकम स्वीकृत



अ+ अ-

काठमाडौँ । सरकारले स्वीट्जरल्याण्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान रकम स्वीकृत गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा प्राविधिकसहितका ४ जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिनुभएको राजीनामालाई कार्तिक २४ गतेबाट लागू हुनेगरी स्वीकृत गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विद्युतिय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ । त्यसैगरी प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड अनुदान स्वीकृत गर्ने पनि निर्णय भएको छ । सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन भएको थियो । जाँचबुझ आयोगको माग बमोजिम ४ जना प्राविधिक सहितका जनशक्ति थप गर्ने भन्ने निर्णय पनि भएको छ ।’

‘नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिनुभएको राजीनामालाई २०८०/०७/२४ बाट लागु हुनेगरी स्वीकृत गर्ने निर्णय भएको छ । त्यसैगरी, ऊर्जा सचिव दिनेश कुमार घिमिरेले उहाँको पदावधि सिद्धिनुभन्दा एक महिना अगाडी राजीनामा दिनुभएको छ । उहाँले पनि व्यक्तिगत कारण देखाउनु भएको छ । उहाँको पनि राजीनामा स्वीकृत गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।’

त्यसैगरी मन्त्रिपरिषद्ले ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ ।