२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

२६ करोडमा बिकेका बेन स्टोक्सले आउँदो आईपीएल नखेल्ने



अ+ अ-

एजेन्सी । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कामको बोझ र फिटनेस व्यवस्थापनका कारण इन्डियन प्रिमियर लिग २०२४ (आईपीएल)मा देखिने छैनन् ।

उनको फ्रेन्चाइज चेन्नई सुपर किंग्सले बिहीबार यो घोषणा गरेको हो । ‘इङ्गल्याण्डका टेस्ट कप्तान, अलराउन्डर बेन स्टोक्सले आफ्नो कामको बोझ र फिटनेस व्यवस्थापनका कारण आईपीएल २०२४मा भाग लिने छैनन् ।’ चेन्नईले बिहीबार एक विज्ञप्तिमा भन्यो । ‘सिएसके व्यवस्थापन स्टोक्सलाई आईपिएलअघि भारतसँगको ५ टेस्ट शृङ्खला र त्यसपछि जुन २०२४ मा टी–२० विश्वकप खेल्न इङ्गल्याण्डसँग आफ्नो कार्यभार व्यवस्थापन गर्ने निर्णयमा समर्थन गर्दछ ।’

२५ जनवरीदेखि ११ मार्च २०२४ सम्म भारत र इंग्ल्याण्डबीच भारतमा ५ टेस्टको शृंखला हुनेछ ।

स्टोक्सलाई आईपीएल २०२३ को लिलामीमा चेन्नई सुपर किंग्सले १६.२५ करोड (२६ करोड नेरु)मा किनेको थियो । उनले टोलीको अपेक्षा पूरा गर्न सकेनन् र केवल २ खेल खेले । स्टोक्सले गुजरात टाइटन्सविरुद्ध ७ रन र लखनउविरुद्ध ८ रन बनाएका थिए । लखनउविरुद्ध बलिङ गर्दा स्टोक्सले एक ओभरमा १८ रन दिएका थिए । चोटका कारण उनी सिजनको मध्यमा स्वदेश फर्किएका थिए ।