५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपः कर्णालीलाई हराउँदै बागमती सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । बागमती प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाएको हो ।

बागमती प्रदेशले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमै समेटियो । कर्णालीलाई सस्तोमै समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।

यस्तै, प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले १–१ विकेट लिए । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले २०, अर्जुन घर्तीले २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि रित गौतमले ८२ र इशान पाण्डेले ७० रनको योगदान दिए । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारी र प्रकाश जैसीले ३–३ विकेट लिए ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई १०९ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको थियो ।

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार दिइनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् ।