२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाविरूद्ध अख्तियारमा उजुरी



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम जारी छ । यसैबीच, एन्फाभित्र आन्तरिक विवाद बढ्दै गइरहेको अवस्थामा शुक्रबार अख्तियारमा थप उजुरी दर्ता भएको हो ।

गत मंगलबार नेपाल र यमनबीच दशरथ रंगशालामा भएको खेलमा बिक्रि गरिएको टिकटको विषयलाई लिएर अख्तियारमा उजुरी परेको छ ।

‘भष्ट्राचाररहित परिवर्तन चाहने आम फुटबल प्रेमीहरू’ को नाममा दर्ता गराइएको उजुरीमा विश्वकप छनोट अन्तर्गत नेपाल र यमनबीचको खेलमा १३ हजार ७ सय दर्शक उपस्थित रहेकाले ६२ लाख रुपैयाँ उठ्नु पर्नेमा एन्फाले ३७ रुपैयाँ लाख मात्र हिसाब देखाएर भष्ट्राचार गरेको दाबी गरिएको छ ।

उजुरीमा टिकटको क्याटागोरीको छपाइ संख्या र पास वितरणको मापदण्डमा पनि प्रश्न गरिएको छ । साथै, एउटै नम्बरमा दुई–दुई प्याड छापिएको उजुरीमा दाबी गरिएको छ ।

यसअघि कात्तिकमा पनि एन्फाविरूद्ध अख्तियारमा उजुरी परेको थियो ।