२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काग्रेसको प्रस्ताव र माओबादीको समर्थनमा हिन्दुराज्य घोषणा हुन्छ: राप्रपा उपाध्यक्ष मिश्र



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई(तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेको दाबी गर्नुभएको छ ।

उपाध्यक्ष मिश्रले कांग्रेसबाट प्रस्ताव आउने र माओवादीले विरोध गरेजस्तो गर्ने या मौन रहने तथा आफूलाई “नामी अग्रगामी” भन्नेहरूले पनि त्यसको विरोध गर्ने छैनन् भन्ने दाबी गर्नुभएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ अहिले आन्दोलनकारीलाई उत्तेजित तुल्याउने, अवस्था जटील बनाउने र परिस्थितिलाई डोर्याएर मध्यमार्गी संझौताका रूपमा त्यता लैजान प्रयास हुने प्रबल संभावना छ।

उहाँले लेख्नुभएको छ –

खासगरी कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई-तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेका छन्।

कांग्रेसबाट प्रस्ताव आउनेछ। माओवादीले विरोध गरेजस्तो गर्नेछ या मौन रहने छ। आफूलाई “नामी अग्रगामी” भन्नेहरूले पनि त्यसको विरोध गर्ने छैनन्।

अहिले आन्दोलनकारीलाई उत्तेजित तुल्याउने, अवस्था जटील बनाउने र परिस्थितिलाई डोर्याएर मध्यमार्गी संझौताका रूपमा त्यता लैजान प्रयास हुने प्रबल संभावना छ।

लेखेर राख्नुहोला – ‘राजसंस्था’ अर्थात मियो बिनाको ‘हिन्दू राष्ट्र’ हाम्रो धर्म, संस्कृति र सभ्यताका लागि मात्र होइन, समग्र नेपालको दिर्घकालीन हितका लागि पनि घातक हुनेछ। त्यसपछि राजसंस्थाको मुद्दा ओझेलमा पर्नेछ। नेपालको दिर्घकालीन शान्ति र स्थिरता असंभव हुनेछ।

त्यसैले ‘हिन्दू अधिराज्य’मा संझौता नगर्नुहोला। ‘हिन्दू राष्ट्र’ मात्र भन्दै नभन्नुहोला। ‘हिन्दू राष्ट्र’ त ‘हिन्दू गणतन्त्र’ मा पनि संभव छ। हामीले ‘हिन्दू गणतन्त्र’ चाहेको होइन। राजसंस्था सहितको ‘हिन्दू अधिराज्य’ चाहेको हो।