२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरिजितको लाइभ कन्सर्टमा झुमे नेपाली फ्यान



अ+ अ-

काठमाडौँ । शनिवार साँझ चाबहिलस्थित हायात होटलको ग्राउन्डमा करिब २० हजार दर्शक झुमेका थिए । कारण थियो बलिउड गायक अरिजित सिंह ।

शनिवार यूवापुस्ताको धड्कन चर्चित बलिउड गायक अरिजित सिंहको लाईभ कन्सर्ट गरेका थिए । हायात ग्राउन्डमा आयोजित ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कार्यक्रममा अरिजितले आफ्ना चर्चित गीतहरू सुनाएका थिए । उनका संगितमा हजारौँ नेपाली फ्यानहरु रमाएका थिए ।

साँझ ५ बजे स्टेजमा आएका अरिजितले करिब ४ घन्टा दर्शकलाई मनोरञ्जन गराएका थिए । कार्यक्रमको दौरान उनले नेपाली फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा काँधमा राखेर केही प्रस्तुति दिएका थिए । उनले मनोरञ्जनको साथ फ्यानहरुलाई अटोग्राफ पनि दिएका थिए ।

दर्शकको आग्रह अनुसार नै उनले कार्यक्रमको सुरुवातमा ‘आशिकी’ फिल्मको ‘तुम हि हो’ गीत गाएका थिए । त्यसपछि ‘केसरिया तेरा मेरा’, ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार झुठा थो ता’, ‘केहेत हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘चलेया’ लगायतका गितहरु गाएका थिए ।

आयोजकले कन्सर्टको लागि ६ हजार ५ सयदेखि १९ हजारसम्मका टिकटको ब्यवस्था गरेको थियो । करिब २० हजार दर्शकले अरिजितको यो कन्सर्ट प्रत्यक्ष हेरेका थिए । होटेलको खुल्ला चौरमा कार्यक्रम भएकोले वरपरका घरको छतमा समेत दर्शकको भिड देखिन्थ्यो । वरीपरीका सडकमा पनि दर्शकहरुको बाक्लो उपस्थिती थियो ।

कार्यक्रममा उनले नेपाली गीत समेत गाएका थिए । अरिजितले ‘आउ न आउ यो मनलाई’ गित गाउदा दर्शकहरु उनका अवाजमा झुमेका थिए । उनले कार्यक्रमको बिट ‘अच्छा चलता हुँ दुवाओमे याद रखना’ बाट गराएका थिए ।

कार्यक्रमको आयोजना गराज इन्टरटेन्मेन्ट र एमएन प्रोडक्शनले गरेको हो । नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याउने विश्वासकासाथ कार्यक्रम आयोजनागरिएको आयोजकले जनाएको छ ।