२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले बोलाए कार्य सम्पादन समितिको बैठक



file photo
अ+ अ-

काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ ।

पछिल्लो राजनितीक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ‘काठमाडौंमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरुलाई सचिवालय मार्फत खबर गरिएको छ,उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ’, बर्तौलाले भने ।

उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, ब्यबस्था र नेतृत्व तह प्रती देखिएको जनताको बितृष्णा र आक्रोश , मुलुकको अबस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ । गृह जिल्ला हेटौंडामा रहेका थापा बैठकका निमित्त भनि काठमाडौं आईपुगिसकेका छन् । थापाले पार्टीले अबलम्बन गर्ने निति ,सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए ।

दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले बिरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भिरतापुर्बक लिन सत्तासिन दलहरुलाई आग्रह गरेका थिए । केही दल र नेताहरुले राजाको बिरोध गरेकोमा थापाले असन्तुष्टि ब्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरुको बर्बराहट भन्ने टिप्पणी गरेका थिए ।