२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनमा २५ मिनेट दौडँदा ८ वर्षसम्म मृत्युको जोखिम ३५ प्रतिशतले कम हुने



अ+ अ-

एजेन्सी । आयु बढाउन हिड्नु भन्दा दौडनु फाइदाजनक हुन्छ । ताइवानका अन्वेषकहरूले चार लाखभन्दा बढी मानिसहरूलाई कडा व्यायाम (जस्तै दौडने) र मध्यम व्यायाम (जस्तै तीव्र हिड्ने) मा अध्ययन गरे । उनीहरूले नियमित रूपमा पाँच मिनेटको दौडमा जाने मानिसको आयु १५ मिनेटको पैदल यात्रा गरेजस्तै बढेको पत्ता लगाए ।

अध्ययनले यो पनि देखाएको छ कि नियमित २५ मिनेट दौड र १०५ मिनेट हिँड्दा आगामी आठ वर्षमा मृत्युको जोखिम लगभग ३५ प्रतिशतले कम हुन्छ ।

सन् २०१४ मा आयोवा स्टेट युनिभर्सिटीका शारीरिक गतिविधि विज्ञानका प्राध्यापक डक–चुल ली र सहकर्मीहरूले गरेको अर्को अध्ययनले नियमित रूपमा ९ किलोमिटर प्रतिघण्टा वा त्यो भन्दा ढिलो दौडने–हिँड्ने मानिसको तुलनामा ३० प्रतिशत बढी फिट भएको देखाएको थियो ।

यी व्यक्तिहरूमा मृत्युको जोखिम पनि अर्को १५ वर्षमा ३० प्रतिशत कम थियो । थोरै मात्रामा गतिविधि गर्नाले पूर्णरुपमा गतिहिन रहनुको तुलनामा अक्सिजनको मात्र सुधार हुन सक्छ ।