२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजराइली सेनाद्वारा पश्चिम किनारमा आठ जनाको हत्या गरेको प्यालेस्टिनी मन्त्रालयको भनाइ



अ+ अ-

नाब्लस । इजराइली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

जेनिनमा ठूलो सङ्ख्यामा सशस्त्र सवारी साधनसहित घुसपैठ गरेर इजराइली सेनाले पाँच जनाको गोली हानी हत्या गरेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार करिब २० वर्षमा पश्चिम किनारमा यो सबैभन्दा घातक इजराइली हमला थियो ।

चिकित्सा स्रोतले १५ मानिस घाइते भएको एएफपीलाई बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार एक इजराइली ड्रोनले जेनिनको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो । अन्य प्रत्यक्षदर्शीहरूका अनुसार शनिबार इजराइली सेनाले जेनिनको सार्वजनिक अस्पताल र इब्न सिना क्लिनिकलाई घेरेको थियो र सैनिक एम्बुलेन्स खोजिरहेको थियो । उनीहरूले स्वचालित हतियारका साथ ठूलो लडाइँ भएको पनि जानकारी दिए ।

इजराइली सेनाले उसले पश्चिम किनारको उत्तरमा रहेको प्यालेस्टिनी सशस्त्र समूहरूको गढ जेनिन शरणार्थी शिविरमा रातभर ‘आतङ्कवादीविरोधी गतिविधिहरू’ गरेको बताएको छ । अगस्टमा दुई इजराइलीको हत्या गर्ने आक्रमणका संदिग्ध अपराधीलाई पक्राउ गरेको सेनाले बताएका छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलका अनुसार शनिबार जेनिन नजिकै कबातियामा एक २५ वर्षीय चिकित्सकको उनको घरबाहिर हत्या भएको छ । रामल्लाह सहर नजिकै एल–बिरेहमा एक प्यालेस्टिनीको पनि मृत्यु भएको र नाब्लसको दक्षिणमा एक गाउँमा इजराइली सेनाको हमलाका त्रममा अर्का एक प्यालेस्टिनीको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासले इजराइली सीमापार गरेको हमलापछि पश्चिम किनारमा हिंसा बढेको देखिएको छ । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए ।

हमास सरकारका अनुसार इजराइलले गाजामा बमबारी र स्थल कारवाहीका साथ प्रतिक्रिया दिएको छ । इजराइली आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १५ हजार मानिस मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा पश्चिम किनारमा दुई सय ३० भन्दा बढी प्यालेस्टिनीहरूलाई इजराइली बासिन्दा र सैनिकले मारेका छन् ।