२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्ष कान्छी प्रेमिकासँग विवाह गर्दै रणदीप हुड्डा



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणदीप हुड्डाले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । उनी आफ्नी लामो समयदेखिकी प्रेमिका लिन लैशरामसँग नोभेम्बर २९ मा मणिपुरमा विवाह गर्दैछन् । यसबारे जानकारी दिँदै रणदीपले पोस्ट साझा गरे ।

अभिनेताले लेखेका छन्, ‘महाभारतमा अर्जुनले मणिपुरी योद्धा राजकुमारी चित्रांगदासँग विवाह गरेका थिए । हामी पनि परिवार र साथीभाइको आशीर्वादमा विवाह गर्न जाँदैछौं । हामी तपाईसँग यो कुरा साझा गर्न पाउँदा धेरै खुसी छौं कि हाम्रो विवाह २९ नोभेम्बर २०२३ मा इम्फाल, मणिपुरमा हुँदैछ, त्यसपछि हामी मुम्बईमा रिसेप्शन पनि दिनेछौं । हामीलाई तपाईंको आशीर्वाद चाहिन्छ ।’

ई–टाइम्सको रिपोर्टका अनुसार रणदीप हुड्डा र लिन लैशरामको विवाह संस्कार २९ नोभेम्बरको दिउँसोदेखि सुरु भएर रातिसम्म चल्नेछ । उनीहरुले मणिपुरको परम्परा अनुसार मणिपुरी पहिरन लगाएर विवाह गर्नेछन् । विवाहको साँझ मणिपुरको लोकगीतले सजाइनेछ, जहाँ खाना पनि त्यही परम्पराको हुनेछ । विवाहका सबै संस्कार मणिपुरमा हुनेछन् । त्यसपछि जोडीले मुम्बईमा रिसेप्शन दिनेछन् ।

रणदीप हुड्डाकी प्रेमिका लिन लैशराम एक अभिनेत्री र मोडेल हुन् । उनले सन् २००७ मा रिलिज भएको फिल्म ओम शान्ति ओमबाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । यसपछि लिन म्यारी कोमरंगुन जस्ता फिल्ममा पनि काम गरिन् । लिन हालै रिलिज भएको नेटफ्लिक्स फिल्म जाने जानमा पनि करिना कपूरसँग देखिएकी छिन् ।