२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाका लागि प्रस्तावित पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन



अ+ अ-

काठमाडौँ । क्यानडाका लागि नेपाली राजदुतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।

संघीय संसद संसदीय सुनुवाई समितिले आईतवारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदुतमा प्रस्तावित पौडेलको नाम अनुमोदन गरेको हो । यसअघि कार्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो । समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रश्तावित राजदुत पौडेलको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको बताउनु भयो ।

उहाँले प्रश्तावित राजदुत पौड्यालबिरुद्ध दुई वटा उजुरी परेको बताउनु भयो । उहाँले क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदुत र अन्तर्राष्ट्रिय नागरिक उड्डययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताउनु भयो ।

संसदीय समितिले अनुमोदन गरेपछि अब राजदुत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । प्रस्तावित राजदुतको नाममा सम्बन्धित मुलुकबाट एग्निमा आएपछि राष्ट्रपतिले राजदुतहरुको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।