२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने



symbolic picture
अ+ अ-

मनहरी । हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म एक सय एक जना खेलाडीले नाम दर्ता गराइसकेको समेत उहाँले बताउनुभयो ।

प्रतियोगिताका विजेताले रु एक लाख २५ हजार, दोस्रो हुनेले रु ७५ हजार र तेस्रो हुनेले रु ४० हजार नगदसहित प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसैगरी प्रतियोगितामा चौथो हुनेले रु २५ हजार र पाँचौँ हुनेले २० हजार जित्नेछन् ।

यस्तै छैठौंँदेखि दशौँं स्थानसम्मका प्रत्येक प्रतियोगिले रु १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले रु ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विधामा ३८ जना खेलाडीले नगदसहित पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिता आयोजना गर्नका लागि करिब रु ६२ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वीस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रत्येक खेलाडीले रु दश हजार तिरेर रजिष्ट्रेशन गर्नुपर्ने छ । प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्नेको सुविधा भने आयोजकले बेहोर्ने छ । प्रतियोगिता मङ्सिर १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । रासस