२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा लुटपाट गर्न गएको चोर सिगार पिएर निदाएपछि…



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । चीनको युनान प्रान्तमा एक चोरले घरधनीलाई जगायो र चोर समातियो । घर भित्र पसेपछि चोर मालिक सुत्न पर्खिरहेको थियो तर उसले सिगार तान्यो र आफैं सुत्न थाल्यो ।

उनलाई घुरेको देखेपछि परिवारले छक्क परे र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगेर चोरलाई पक्राउ गरेको छ । जब चोर चोरी गर्न घर भित्र पस्यो, उसको अल्छी बानीले धोका दियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार यो मामिला दक्षिण पश्चिम चीनको हो ।

समाचार अनुसार चोर चोरी गर्न घर भित्र पसे । तर घरधनीकी श्रीमती ताङ चर्को घुरेको आवाजले ब्युझिइन् । ताङले सुरुमा छिमेकबाट आवाज आएको सोचिन्, तर जब उनी आफ्नो बच्चाको दूधको बोतल धुन आफ्नो कोठाबाट बाहिर निस्किन्, उनले आफ्नै घरको अर्को कोठाबाट आवाज आएको देखिन् ।

ताङले अर्को कोठामा गएर भुइँमा सुतिरहेको एक व्यक्ति भेट्टाइन् । उनले तत्कालै श्रीमानलाई उठाएर प्रहरीलाई बोलाइन् । प्रहरीले घटनास्थल पुगेर चोरलाई पक्राउ गरेको छ । चोरको नाम याङ रहेको बताइएको छ ।