८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्यतिथि मनाइयो



अ+ अ-

नवलपुर । समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्यतिथि विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

सोमबारदेखि सुरु भएको वार्षिक पुण्यतिथिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलगायत नेताहरू उपस्थिति भई स्व।सापकोटाको योगदानको चर्चा गनुभएको थियो ।

वार्षिक पुण्यतिथिमा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर सन्न्यास आश्रम देवघाटधामका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती, मुक्तिनान पीठाधीश स्वामी कमलनयनाचार्यलगायत विभिन्न वेद विद्याआश्रमका संस्कृत शास्त्रीको उपस्थिति रहेको थियो ।

स्व.तिलकप्रसादको पुण्यतिथिका अवसरमा आज रक्तदान, स्वर्गीय सापकोटाको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रदर्शन, स्वर्गीय सापकोटामा समर्पित पत्रिकाको विशेषाङ्क लोकार्पण, कवि गोष्ठी आयोजना गरिएको थियो ।

श्रद्धाञ्जलिसभामा साहित्यकार डा नवराज लम्साल, गोविन्दराज विनोदी, राससका प्रधान सम्पादक एकराज पाठक, गण्डकी प्रदेशका पूर्व सदस्य विष्णु लामिछाने, प्राडा नारायणप्रसाद खनालले डा रामचन्द्र कँडेलले विजय खबर पत्रिकाको विशेषाङ्क लोकार्पण गर्नुभएको थियो ।

विशेषाङ्कमा स्व सापकोटाको जीवनीसहित उहाँले समाजसेवाका क्षेत्रमा गर्नुभएका कार्यहरू र उहाँको राजनीतिक जीवनी प्रकाशन गरिएको छ ।

त्यसैगरी, स्व सापकोटाको योगदानमा आधारित कवि गोष्ठीमा साहित्यकार डा नवराज लम्साल, हीरालाल कँडेल, लक्ष्मीकान्त शर्मा (लकाश) लगायतले कविता वाचन गर्नुभएको थियो ।

स्व सापकोटाको पुण्यतिथिका अवसरमा उहाँकै निवासमा कांग्रेस गैँडाकोट–८ वडा समितिले खुला रक्तदान कार्यक्रम गरेको छ । सो कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।

लोकतन्त्रको स्थापना र शिष्ट राजनीतिक संस्कारको निर्माणका लागि १४ वर्षदेखि ७९ वर्षसम्म निरन्तर सङ्घर्षरत रहनुभएका सापकोटाको २०७९ कात्तिक २३ गते निधन भएको थियो । स्व। सापकोटा राष्ट्रिय समाचार समिति ९रासस० का वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटाका पिता हुनुहुन्छ ।

स्व.सापकोटाले आफ्नो जीवनकालका महत्त्वपूर्ण समय समाजसेवा र राजनीतिको माध्यमबाट सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा लाग्नुभयो । सापकोटा कांग्रेस गैँडाकोटका संस्थापक अभिभावक हुनुहुन्छ ।

सापकोटा कांग्रेसमा विसं २०१५ देखि सक्रिय रहनुभएको थियो । सापकोटाले जननेता वीपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिनुभएको थियो । सापकोटाले आफ्नो जीवनकालमा भाषा, संस्कृति, धर्म, सामाजिक कर्म, विकास निर्माणका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुभएको छ । रासस