२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले अष्ट्रेलियाविरुद्धको तेस्रो टी–२० सिरिज हार्नुका पाँच कारण



अ+ अ-

एजेन्सी । गुवाहाटीमा भएको भारतविरुद्धको तेस्रो टी–२० सिरिजमा ग्लेन म्याक्सवेलको शतकको मद्दतले अष्ट्रेलियाले पुनरागमन गरेको छ । अष्ट्रेलियालाई जितका लागि २२३ रनको लक्ष्य थियो तर भारतको जितमा म्याक्सवेल बाधक बने । पाँच खेलको शृङ्खलामा भारत २–१ ले अघि छ ।

अष्ट्रेलियाले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । भारतको ब्याटिङ उत्कृष्ट रह्यो । कप्तान सूर्यकुमारको ३९ रन र ओपनर ऋतुराज गायकवाडको शतकले भारतलाई ठूलो स्कोरमा पुर्यायो ।

सुरुवाती विकेट गुमाए पनि भारतले ठूलो स्कोर बनाउन सफल भयो । यसका बाबजुद भारतले हार बेहोरेको थियो । यसैबीच भारतले खेल हार्नुका पाँच कारबारे यहाँ चर्चा गरौँ ।

१. खराब बलिङ
भारतको बलिङ निकै खराब थियो । भारतका प्रसिद कृष्णा सबैभन्दा महँगा बलर बने । कृष्णाले ४ ओभरमा ६८ रन खर्चिए । उनले टोलीका लागि अन्तिम ओभर पनि बलिङ गरे । जसमा २३ रन दिएका थिए । यसबाहेक अर्शदीपले ४४ रन खर्च गरे । रवि बिश्नोई, आवेश खान र अक्षर पटेलले पनि ३० भन्दा माथि रन दिए ।

२. ईशान किशनको ठूलो गल्ती
भारतीय बलरले अलि कसिलो बलिङ गरेको भए नतिजा अर्कै हुन्थ्यो । इशान किशनका दुई गल्ती भारतलाई महँगो परेको छ । रोमाञ्चक अवस्थामा रहेको खेलको १९औं ओभरमा इशानले एकपटक होइन दुईपटक गल्ती गरे । ओभरको चौथो बलमा इशानले बल संकलन गर्न निकै हतार गरेका थिए जसका कारण एक बल ‘नो बल’ घोषित भयो भने अर्को बलमा वेडले छक्का प्रहार गरे । जहाँ अन्तिम बलमा उनले अक्षर पटेललाई बुझन सकेनन् र अष्ट्रेलियाले चार रन उपहारमा पायो ।

३. सूर्याले क्याच छोड्नु
कप्तान सूर्याकुमार यादवले १८ औं ओभरमा ठूलो गल्ती गरे । प्रसिद्ध कृष्णाको बलमा सूर्याकुमारले कभरमा म्याथ्यु वेडको क्याच छोडेका थिए । त्यतिबेला वेड ६ रनमा ब्याटिङ गरिरहेका थिए । यहाँबाट, वेडले चौका र छक्का प्रहार गर्दै अष्ट्रेलियाको सबै दबाब भारतलाई दिए । सोही क्रममा सूर्याले म्याक्सवेललाई रनआउट गर्ने मौका पनि गुमाएका थिए ।

४. अन्तिम दुई ओभर महँगो भयो
भारतको बलिङ कमजोर रहँदा उसले कमजोर फिल्डिङका कारण पनि हार बेहोरेको थियो । अष्ट्रेलियाका म्याथ्यु वेड र ग्लेन म्याक्सवेलले भारतीय बलरलाई चुटेका थिए । दुवैले अन्तिम दुई ओभरमा ४७ रन बनाएका थिए । यहाँबाट खेल भारतको हातबाट पूरै बाहिर गयो ।

५. अतिरिक्त बलिङको विकल्प नहुनु
भारतले जम्मा ५ बलरलाई मैदानमा उतारेको थियो । यी सबै महँगो साबित भए । अतिरिक्त बलर भएको भए खेलको नतिजा अर्कै हुन्थ्यो । पछिल्ला दुई खेलमा राम्रो बलिङ गरेका मुकेश कुमारको स्थानमा दीपक चाहरलाई टोलीमा समावेश गरिएको थियो तर उनले खेल्ने मौका पाएनन् ।




भर्खरै