२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुधसँग नखानुहोस् यी चिज, फाइदाको सट्टा हानि हुन सक्छ



अ+ अ-

एजेन्सी । दुधलाई पूर्ण आहार मानिन्छ । यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा क्याल्सियम र प्रोटिनको मात्रा उच्च हुन्छ । जसले शरीरलाई धेरै रोगबाट बचाउँछ ।

दुधलाई थप पौष्टिक बनाउन मानिसहरु यसमा धेरै कुराहरु थप्ने गर्दछन् तर के तपाईलाई थाहा छ आयुर्वेदमा दुधसंग केहि चीजहरु खानु निषेध गरिएको छ । दुध पिएपछि यी चिज खाँदा पित्तदोष बढ्छ भनिन्छ । आउनुहोस् जानौं दुधमा कुन चिजबाट बच्नुपर्छ ।

माछा र दुधबाट बच्नुहोस्
दुधको प्रकृति चिसो हुन्छ भने माछाको प्रकृति तातो हुन्छ । यसलाई सँगै खाँदा शरीरमा धेरै समस्या आउन सक्छ । यसका अलावा कुखुरा र रातो मासुसँग पनि दुध खानबाट जोगिनुपर्छ, किनकि यसले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ र पेट फुल्ने समस्या पनि हुन सक्छ ।

केरा र दुध नखानुहोस्
हामी सबैलाई थाहा छ दुध र केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यदि तपाई थकित महसुस गर्नुहुन्छ भने, तपाइँ आफ्नो आहारमा केरा र दुध समावेश गर्न सक्नुहुन्छ । यसबाट शरीरमा उर्जा आउँछ तर के तपाईलाई थाहा छ, दुध र केरा सँगसँगै खाँदा पाचन सम्बन्धी समस्या हुन सक्छ ।

दही र दुध सँगै नखाने
आयुर्वेदका अनुसार दुध र दही एकसाथ खानु हुँदैन । यदि तपाइँ यसलाई सँगै खानुहुन्छ भने तपाइँको पेट खराब हुन सक्छ, त्यसैले दुध र दही सँगै खानु हुँदैन ।

गुड खानु
प्रायः मानिसहरू दुधमा चिनीको सट्टा गुड मिसाउँछन् । यो एक स्वस्थ विकल्प हो, तर आयुर्वेदमा, दुधसँग गुड सेवन पेटका लागी हानिकारक भनिएको छ ।