२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी दस्तखत कीर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ



अ+ अ-

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उहाँलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको कीर्ते हस्तारक्षर गरेर आर्थिक कार्यका गतिविधि गरेको उजुरी अख्तियारमा परेको थियो ।

उजुरी परेपछि सम्पर्कविहिन रहेका ढकाललाई प्रहरीले खोजी गरेर पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रनाउ चौधरीले बताउनुभयो ।

नगर प्रमुख वशन्तकुमार बस्नेतले ढकालले त्रिनपाको राजस्व शाखामा रहँदा विभिन्न जनप्रतिनिधिका नाममा कीर्ते हस्ताक्षर गरेर गलत आर्थिक गतिविधि गरेको अख्तियारमा उजुरी परेपछि पक्राउ गरी कारबाही गर्न अख्तियारको पत्र आएकामा प्रहरीले सोहीका आधारमा पक्राउ गरेको बताउनुभयो ।

ढकालविरुद्ध एक महिनाअघि पक्राउ पुर्जी जारी भए पनि फरार रहेकाले पक्राउ गर्न समय लागेको प्रनाउ चौधरीको भनाइ थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार ढकालविरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । रासस