२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी हटाउनुहोस् प्राकृतिक उपायबाट अनुहारको दाग



अ+ अ-

काठमाडौं । अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन्ः 

कागतीको रस
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुई÷तीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ । 

स्ट्रबेरी
पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले धुने गर्नाले केही सातापछि नै दाग हराउँदै गएको महसुस गर्न सकिन्छ । 

खरबुजा
खरबुजाको रसमा चामल मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ । 

मेवा
पाकेको मेवालाई दाग लागेको ठाउँमा हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले दाग हराउँछ । 

घ्यूकुमारी
छालाको समग्र सुन्दरताका लागि घ्यूकुमारी ज्यादै उपयोगी वनस्पति हो । यसको गुदीलाई दाग भएको ठाउँमा लगाई ४५ मिनेटपछि धुने गर्नाले एक महिनाभित्रैमा सुधार देख्न सकिन्छ । 

बदाम
बदामलाई पानी अथवा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फाल्ने र गुलाबजलसँग लेप बनाउने । यसरी तयार पारेको लेप दाग लागेको ठाउँमा दल्ने र सुकेपछि धुने । यसो गर्नाले दाग हराउँदै जान्छ । 

जाइफल
जाइफललाई मरिचसँग मिसाई पिस्ने र काँचो दूधमा यसको लेप बनाई अनुहारमा दल्ने । त्यसको दुई घण्टापछि अनुहार धुने । यसो गर्नाले दागसँगै डन्डीफोर पनि हराएर जान्छ । तर, जाइफलको नियमित प्रयोग गर्नु चाहिँ हुँदैन ।

जैतुनको तेल 
दाग भएको ठाउँमा जैतुनको तेल लगाउनाले पनि दाग हराउँदै जान्छ । 

चन्दन
चन्दन घोटेर गुलाबजल अथवा दूधसँग मिसाई लेप बनाएर दाग भएको ठाउँमा दल्ने र एक घण्टापछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ । (एजेन्सीको सहयोगमा)