२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा बाढीपहिरोबाट २० जनाको मृत्यु, पाँच बेपत्ता



अ+ अ-

जकार्ता । बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । स्थानीय समय अनुसार बिहान १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको कार्यालयका प्रवक्ता राडित्य जातीले जानकारी दिनुभयो ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । घटनामा परी घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् ।
बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजी कार्य जारी रहेको बताउनुभयो । (रासस(सिन्ह्वा)