२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविरामको पाँचौं दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा



अ+ अ-

एजेन्सी । इजरायलले युद्धविरामको पाँचौं दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

मङ्गलवार साँझ ३० प्यालेस्टाइनी कैदीहरू बोकेको बस पश्चिम बैंकको रामल्लाह शहर नजिकै रहेको इजरायली ओफर जेलबाट प्रस्थान गरेको हो ।

इजरायल जेल सेवाले इजरायल र हमास बीचको युद्धविराम सम्झौता अन्तर्गत पाँचौं चरणमा १५ महिला र १५ नाबालिगहरूसहित ३० प्यालेस्टिनीहरूलाई इजरायली जेलबाट रिहा गरिएको थियो । यसअघि मङ्गलवार हमासको सैन्य शाखा अल–कसाम ब्रिगेडले बन्धकहरूको पाँचौं समूह अन्तर्राष्ट्रिय रेडक्रसलाई हस्तान्तरण गरेको थियो ।

इजरायली सरकारले पनि गाजा पट्टीबाट रिहा गरिएका १० इजरायली र दुई थाई नागरिकसहित १२ जना बन्धकहरू प्राप्त गरेको पुष्टि गरेको छ । मंगलवार बिहान सकिँदै गरेको इजरायल र हमासबीचको मानवीय चार दिने युद्धविराम थप दुई दिनका लागि थपिएको थियो ।




भर्खरै