२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनेमाघर एपमा रिलिज भयो खगेन्द्रको चलचित्र ‘पानीफोटो’ विश्वभरबाट हेर्न सकिने



अ+ अ-

काठमाडौँ। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ ।

गत वर्ष श्रावण १३ गते हलमा रिलिज भएको ‘पानीफोटो’मा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । यसमा खगेन्द्र आफैले पनि अभिनय गरेका छन् भने अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय छ ।

टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको यस चलचित्रका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा सङ्गमको पार्श्व सङ्गीत छ ।

डेढ दशक अगाडि गुरुकुलमा ‘पानीफोटो’नामक नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले चलचित्र बनाएका हुन् । लामिछानेले हरेक फिल्म मेकरको सिनेमा मार्फत फरक फरक कथा भन्ने सपना हुने बताए । उनले भने, ‘पानीफोटोमा जुन कथा भनिएको छ, त्यो कथा मेरो मनमा गडिएर बसेको भुइँमान्छेहरुको कथा हो । हराएका आफन्तहरू आउलान् भनेर आँखामा आशाको ज्योति लिएर कुरिबसेका हजारौँ भुइँमान्छेको कथा हो ।’

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा(आमाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रले द्वन्द्वकालीन समयको प्रभाव अहिले नेपाली समाजमा के छ र के पनि छ भन्ने चलचित्रले स्पष्टसँग देखाउँछ ।

यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’, ‘जारी’ जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्राय: डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ ।

पानीफोटो हेर्न रु। २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर नि:शुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।