२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीको विजयी सुरुवात



अ+ अ-

काठमाडौं । ह्वोङ्गान्जी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ । 

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको प्रतिस्पर्धामा पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोस्रो खेलमा आर्मीसँग पराजित भएको हो । पहिलो सेटमा १७–२१ ले पछाडी परेको न्यू डायमण्ड खेलमा फर्कदै दोस्रो सेटमा २५–२० ले जित हात पार्न सफल भयो । यस्तै तेस्रो सेटमा पुनः २३–२५ ले खेल गुमायो । चौथो सेटमा सम्हालिंदै २५–१५ ले खेललाई आफ्नो पक्षमा पारेको डायमण्ड पाँचौ तथा निर्णायक सेटमा भने १२–१५ ले गुमाउन पुग्यो ।

रोमाञ्चक जित निकालेको आर्मीले २ अंक जोड्दा डायमण्डले १ अंक हात पार्यो । डायमण्डको ४ अंक भएको छ भने आर्मीको २ अंक भएको छ ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपको महिला तर्फ दोस्रो दिन विभागिय टोली एपिएफ र नेपाल पुलिसले पनि जित निकाल्न सफल भए । एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को सहज जित निकाल्यो । एक पक्षिय खेलमा एपिएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गर्दै ३ अंक जोड्यो । यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३–० को सेटमा नै जित निकाल्यो ।  पुलिसले भरतपुरलाई २५–४, २५–८, २५–१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।

पुरुष तर्फको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले जित हात पार्दै आफ्नो खातामा ३ अंक जोड्यो । हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३–१ को जित निकालेको हो । पहिलो सेट २५–१४ ले जितेको हेल्प नेपालले दोस्रो सेट २३–२५ ले गुमाउन पुग्यो । पुनः खेलमा फर्कदै हेल्प नेपालले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जित हात पा¥यो । तेस्रो सेटमा २५–२२ र चौथो सेट २५–१६ अंकका साथ जित हात पारेको हो ।
चैत २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।