२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भेलामा प्रस्तुत दस्तावेजमाथि आएका सुझावहरु कार्यकर्तामाझ पठाइने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहले राष्ट्रिय भेलामा प्रस्तुत दस्तावेजमाथि आएका सुझावहरुसहित कार्यकर्तामाझ पठाउने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकको अवधारणापत्रमा आएका सुझावमाथि छलफल गरेर भोलि अन्तिम रुप दिई कार्यकर्तामाझ पठाउने निर्णय गरिएको हो । 

यसका साथै बैठकले पार्टीको संगठनको शुद्धीकरणका लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाउने पनि निर्णय गरेको बताइएको छ ।