२४ जेष्ठ २०८३, आईतवार
,
Latest
इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव जित्न मान्छे मार्नेहरु सरकारमा छन्: ओली



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्न मान्छे मार्नेहरु सरकारमा पुगेको आरोप लगाएका छन् । समृद्धिको लागि संकल्प यात्राअन्तर्गत अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले चुनाव जित्नको लागि मानिस मार्न समेत पछि नपर्ने संस्कृति अपराध मात्र नभएर अति घिनलाग्दो संस्कृति विकास भएको बताए ।

ओलीले अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद व्यक्त गर्दै एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको बताए । उनले भने ‘ एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो । म विनोद शाहीलाई शहीद घोषणा गर्दछु’। अछाम पञ्चदेवल– ४ का १५ वर्षीय विनोद ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए ।

अहिलेको सरकारले हत्यारालाई माफी दिने र मुद्दा चलाउन नमान्ने ओलीको आरोप छ । अदालतले सर्वश्व हरण सहित जन्म कैद गरेकालाई तुरुन्त मुद्दा फिर्ता लिने काम सरकारले गरेको उनको भनाई छ ।