१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णप्रसाद भट्टराईलाई बिर्सिएर मेलम्ची कथा पूर्ण हुदैन- विश्वप्रकाश शर्मा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंबासिले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताउनुभएको छ । मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइपुर्‍याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन नसक्ने बताउनुभयो । 

उहाँले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिएपनि उपत्यकाबासिले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘एउटा विकासको परियोजना ऐतिहासिक रुपमा यसरी सम्पन्न हुँदै गर्दाखेरी, यसलाई गौरवका साथ लिदै गर्दाखेरी कसैको पनि आलोचना गरिरहने भन्दापनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरी छ । कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गासिने नाम हो ।

कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न शुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो । न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिस्र्यो होला, मन्त्रीजीले बिर्सिनु भयो होला, अरुले बिर्सिनुभयो होला तर उपत्यकाबासि कसैलेपनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।’

प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले हाम्रो सामथ्र्यको पुष्टि भएको पनि बताउनुभयो । यसले आगामी दिनमा नविन परियोजना तर्फ देशलाई लैजानको निम्ति मार्ग प्रशस्त गर्ने बताउनुभयो । नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि बताउनुभयो ।