२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गतामैत्री नीति,नियम र कानून बनाउन सरकार प्रतिवद्ध छ: मन्त्री ज्वाला



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति,नियम र कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आईतवार ३२ औँ अपाङ्गता भएका व्यक्तिहरुको दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधारमन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले प्रोत्साहन गर्नेगरी नीति नियमहरु बनाउने तयारीमा रहेको बताउनु भयो । उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरुको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस,सडक र पुलहरु बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने तयारी गरिरहेको बताउनु भयो । मन्त्री ज्वालाले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भिर भएर लागि रहेको बताउनु भयो । उहाँले सरकारले बनाउने १६ औं योजनामा पनि अपाङ्गता भएकाहरुको माग सम्बोधन गरिने बताउनु भयो।

उहाँले भन्नुभयो,‘अहिलेसम्म अपाङ्गतामैत्री बन्न नसकेका नीति,नियम र कानून अपाङ्गमैत्री बनाउन सरकार प्रतिवद्ध छ । सरकारले ल्याउनी नीति तथा कार्यक्रम र बजेट समेत अपाङ्गतामैत्री कार्यक्रम लाएर अपाङ्गताहरुको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा पनि प्रतिवद्ध छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग छलफल गर्छु । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस,सडक र पुलहरु बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउँने छौं । समग्र मुलुकको मौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा पनि राज्य लागि परेको छ । जुन सबै सरोकारवालाहरुसँग छलफल गरिनेछ । सरकारले बनाउने १६ औं योजनामा पनि अपाङ्गता भएकाहरुको माग सम्बोधन गरिनेछन् ।’

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने मुल नारा सहित प्रभातफेरी गरेको छ । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।