२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैया र तिलकको आवाजमा ‘गर्छु नमस्कार’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो ।

वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज रहेको छ । चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन्।

‘गीतमा हामीले सकेसम्म मेहनत गरेका छौ । दर्शकहरुको प्रतिकृया राम्रो आउँछ भन्ने विश्वास छ ।’ गायिका खडकाले भनिन् । म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन । नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन् ।

उक्त म्युजिक भिडियोमा हरिश निरौला “साङ्लो बोरो”,उशा उप्रेती,कमल मनि नेपाल,युग्ज्योती कृयाशिल, बिना राउत,प्रकाश बस्नेत लगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो:https://youtu.be/LbeY8VKxUn4