२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित



अ+ अ-

काठमाडौँ । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे ।

इलामका लागि भने अब्दुलाये बाले एक गोल फर्काए । बुटवलले खेलको ४८ औँ मिनेटमा पहिलो गोल गरी अग्रता लिएको थियो । बुटवलका फरवार्ड जिलेस्पी जङ्ग कार्कीले निकालेको क्रसमा बियोङले गोल गर्दै बुटवललाई पहिलो अग्रता दिलाएको हो ।

त्यस्तै खेलको ७९ औँ मिनेटमा इलामका अब्दुलाये बाले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । उनले अमथ एनडाको पासमा बराबरी गोल फार्काएका हुन् । त्यसपछि खेल सकिन तीन मिनेट बाँकी छँदा बुटवलका कप्तान एरिक विष्टले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यो जितसँगै तीन खेलमा बुटवल लुम्बिनीले ३ अङ्क जोडेको छ । समान तीन खेल नै खेलेको इलामको पनि समान ३ अङ्क नै छ ।