१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा आज मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन हुँदै



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन गर्दैहुनुहुन्छ ।  भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लागिएको हो ।

दिउँसो दुई बजे भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर औपचारिक रुपमा मेलम्चीको पानी वितरणको उदघाटन गरिने छ।  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुने छ ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा यही चैत १५ गतेबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको थियो । भृकुटीमण्डपमा बनाइएको सार्वजनिक धारोमा चौबीसै घण्टा पानी आउने व्यवस्था गरिएको छ ।