काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन गर्दैहुनुहुन्छ । भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लागिएको हो ।
दिउँसो दुई बजे भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर औपचारिक रुपमा मेलम्चीको पानी वितरणको उदघाटन गरिने छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुने छ ।
मेलम्चीको पानी काठमाडौं उपत्यकामा यही चैत १५ गतेबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको थियो । भृकुटीमण्डपमा बनाइएको सार्वजनिक धारोमा चौबीसै घण्टा पानी आउने व्यवस्था गरिएको छ ।












