२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी



अ+ अ-

विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा मध्यराति अपरिचित व्यक्तिले आगो लगाईदिएका छन् ।

पख्रिबास डाँडाखर्कस्थित घरमा राति सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले बाहिरबाट ताला लगाएर आगजनी गरिएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

घरको तल्लो तलामा भान्सामा दुई वटा ग्यास सिलिन्डर र कपडा एकै ठाउँमा राखेर आगो लगाईएको उपरीक्षक कोइरालाले बताए । आगोबाट तल्लो तलाका तीन वटा कोठाका अधिकांश सामान जलेको छ । वडाध्यक्ष र परिवार भने माथिल्लो तलामा सुतेका थिए ।

घटनाका विषयमा छानिबन भइरहेको कोइरालाले बताए । आगो लगाउनेको खोजी भइरहेको छ ।




भर्खरै